सोलुखुम्बु । अर्थमन्त्री प्रकाशशरण महतले सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै काँकु बासाबाट खुम्बुपासाङल्हमु गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्न योजनामा बजेट ब्यबस्था गर्न सहमति जनाएका छन् ।
बजेट अभावका कारण उक्त सडक कालोपत्रे गर्ने योजना रोकिने अवस्था भएपछि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले योजनामा बजेट ब्यबस्था गर्न अर्थमन्त्री प्रकाशशरण महतको ध्यानाकर्षण गराएका हुन् ।
उक्त रणनीतिक सडक खण्डको १०.५ किलोमिटर कालो पत्रे गर्ने काम बजेट अभावका कारण रोकिने अवस्थामा पुगेकोले योजना सम्पन्न गर्न अर्थ मन्त्रीसंग भेट गरि अवस्याक बजेट निकासा गर्ने बिषयमा महत्वपुर्ण छलफल भएको मेयर शेर्पाले जानकारि दिएका छन् ।
भेटमा अर्थमन्त्री महतले यहि माघ भित्र एक चौथाइ बजेट निकासा दिने र कामलाइ निरान्तर अगाडी बढाउन सहमति जनाएको मेयर शेर्पाले बताए ।














