मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघी पर्वको रौनक काठमाडौंमा यस्तो देखियो (तस्बिरहरु)



काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाएका छन् । थारु समुदायले बसन्तपुरदेखि टुँडिखेलसम्म र्‍यालीको समेत आयोजना गरेका थिए।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । कतिपय ठाउँमा यसलाई नहान अर्थात् मकर नुहाउने पर्वकारुपमा मनाइन्छ भने नुवाकोटको तारुकामा भने गोरु जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । नुवाकोटमा यसवर्ष पनि गोरु जुधाइँएको छ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।त्यहीकारण आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत नदी तथा धार्मिक स्नानस्थलहरुमा मकर नुहाउने भक्तजनको भीड लाग्ने गर्दछ ।

देशभर मनाइने यो वर्षलाई लक्षित गर्दै सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ०४ बजे