मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो



काठमाडौं । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमतले जनाएको छ ।

शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले बताए ।

सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहँदै आएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ५७ बजे