पाकिस्तानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै



काठमाडौं,१० माघ । यू-१९ विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेको नेपालले सुरुआतमा ब्याटिङ गर्ने निर्णय लिएको हो ।

समूह ‘डी’ मा रहेका नेपाल र पाकिस्तानको खेल नेपाली समयानुसार इस्ट लन्डनको बफेलो पार्कमा दिउँसो १स्४५ बजे शुरू हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जीत हात पारेको थियो । नेपाललाई हराएर सुपर सिक्स यात्रा निश्चित गर्ने योजनामा पाकिस्तान हुनेछ ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  १ : ४८ बजे