मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्व छलीमा दुई जना व्यापारी पक्राउ परेपछि जनकपुरका व्यवसायीहरू आन्दोलित



जनकपुर । राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुईजना सुन व्यवसायीलाई पक्राउ गरेको छ ।

सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोप प्रहरीले बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ ।

दुईजना सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् ।

उनीहरुले आ–आफ्नो पसल बन्द गरी टायर बालेर सकड प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ३५ बजे