कांग्रेस संसदीय दलको बैठक बस्दै,के के छन् एजेण्डा ?



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।आगामी सोमबारदेखि हिउँदे अधिवेशन आह्वान भएकाले त्यसको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका विषयमा समेत छलफल हुनेछ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशनका कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।

संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले भूमिका निभाउने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार  १० : ३१ बजे