मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु



मुगु । मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । खत्याड गाउपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ बर्षीय छोरा विशाल र १२ बर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतकद्वयलाई आमा सरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन,दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार एक हल गोरु र दुईओटा गाई पनि मरेका छन् ।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् । सरस्वतीका श्रीमान लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ५६ बजे