काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा आठ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ ।
उपसमितिका सदस्यहरुमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रे), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी, (धादिङ), सानुकाजी प्रजापति (काठमाडौँ), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा), महेश्वर थापा (ललितपुर) रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।















