काठमाडौं, २८ माघ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।आज ९आइतबार० बसेको समितिको बैठकले उक्त सम्झौता खारेज गर्न निर्देशन दिएको हो ।
लुम्बिनी विकास कोषले रामग्राम भगवान गौतम बुद्धको अस्थिधातु राखिएको उक्त स्थानको ११६ बिघा जग्गा प्रमिस्ड ल्यान्डलाई ९९ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।
उक्त कम्पनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको हो । उक्त कार्यमा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन पनि समितिले माग गरेको छ ।
उक्त सम्झौतालाई लिएर लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको तीब्र आलोचना भइरहेको छ ।














