फागुन ३ गते कांग्रेस केन्द्रीय समिति बैठक,महासमिति बैठकबारे छलफल



काठमाडौं । नेपाली काँग्रेसले फागुन ३ गते बिहीबारलाइ केन्द्रीय समिति बैठक बोलाएको छ।

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने महासमिति बैठकका सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जनाएका छन्।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  ५ : ४३ बजे