मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद,एकजना भारतीय नागरिक पक्राउ



विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ ।

भारतीय स्कारपियो गाडीमा एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेको अवस्थामा सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो । पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा झन्डै दुई करोड नेपाली नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।

गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडिमा सवार अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ३३ बजे