काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ ।
आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन् । जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टलबाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ ।










