नामिबियाविरुद्ध नेपालको खराब सुरुआत, पाँच ओभर नपुग्दै गुम्यो तीन विकेट



आइसीसी लिग टू विश्वकप क्रिकेट अन्तर्गत पहिलो सिरिज खेलिरहेको नेपालले नामिबियाविरुद्ध खराब सुरुआत गरेको छ ।

१३ रन बन्दा नेपालका तीन ब्याटर आउट भइसकेका छन् । पहिलो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका थिए ।

उनी पहिलो बलमै आउट भए । यसैगरी दोस्रो विकेटको रुपमा अनिल साह ८ रन बनाएर पभेलियन फर्किए ।

तेस्रो विकेटको रुपमा भने टिमको स्कोर १३ रन हुँदा ओपनर आशिफ शेख ४ रन बनाएर आउट भएका हुन् ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले २ विकेट लिँदा ज्याक ब्रासेलले एक विकेट लिए ।

क्रिजमा अहिले कप्तान रोहित पौडेल र भीम सार्की रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार  १० : २४ बजे