क्यानडा ११ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य



काठमाडौं । दोस्रो एकदिवसीय खेलमा क्यानडा ११ ले नेपाल ‘ए’लाई जितका लागि दुई सय ४१ रनको लक्ष्य दिएको छ ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडा ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनायो ।

उसका लागि श्रेयस मोब्बाले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, नभनीत धलिवाल ४६, श्रीमन्थ विजयरत्ने ४१, आरोन जोनसन ३६, डिलोन हेलिगर १६ रनमा बनाए । नेपालका साहब आलमले तीन, रसिद खान र शेर मल्लले समान दुई–दुई तथा सागर ढकाल र बसीर अहमदले एक–एक विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ । यसअघि भएको पहिलो खेलमा क्यानडा ११ ले नेपाल ‘ए’ लाई चार विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार  २ : ०४ बजे