नामिवियाविरुद्ध ३३ ओभरमा १५० रन बनाउदा नेपालको छैटौं विकेट पतन



आइसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामेवियाविरुद्ध टस हारेपछि ब्याटिङमा उत्रिएको हो ।

कुशल भुर्तेल र आशिफ शेखले सुरुआत भने राम्रो गरेका थिए । तर, ६.२ ओभरमा कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएपछि विकेट पतन सुरु भएको थियो । नेपालले पहिलो विकेट ३८ रन हुँदा गुमाएको थियो । कुशल भुर्तेल १६ बलमा १८ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका अनिल साहले २ बल फेस गरे पनि खाता खोल्न असफल रहे ।

अनिल पछि क्रिजमा आएका देव खनालले ५ बल फेस गर्दा खाता खोल्न असफल हुँदा नेपालले तेस्रो विकेट खेर फाल्यो । नेपालले आठौं ओभरमा ४३ रन हुँदा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि आशिफ शेख र कुशल मल्ल मिलेर पारि सम्हालेका थिए । आशिफ करियरको १२ औं अर्धशतक बनाएर आउट भए ।

आशिफले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतले ५८ रनको पारि खेले । उनी आउट हुँदा नेपालले १०० रन बनाएको थियो । पाँचौं विकेटको रुपमा कप्तान रोहित पौडेल नामेवियाविरुद्ध खाता खोल्न असफल भए । उनले ९ बल फेस गरेका थिए । छैटौं विकेटको रुपमा भने कुशल मल्ल आउट भए । कुशलले ५२ बलमा ३६ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार गरे । क्रिजमा दीपेन्द्रसिंह ऐरी र भीम सार्की रहेका छन् । यसैगरी ब्याटिङमा आउन सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन् ।

नामिबियाका ब्रेनार्ड स्कोल्ट्जले ३ विकेट लिँदा ज्याक ब्रासेल, गेरार्ड इरास्मस र जान निकोल इटोनले एक एक विकेट लिएका छन् । नेपालले ३३ ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  ११ : ४१ बजे