मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ घाइते



बारा । बारामा खाना बनाउने ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको निजगढ नगरपालिका–७, निजगढ बजारस्थित रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको हो ।

उक्त घटनामा अन्य ५ जना घाइते समेत भएका छन् । सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको बारा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९,पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह घाइते भएका बाराका डीएसपी दधिराम न्यौपानेले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : १२ बजे