त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्डले नामिबियालाई दियो २४८ रनको लक्ष्य



काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो।

नेदरल्यान्डका माइकल लेभिटले शतक प्रहार गरे। उनले ६२ बलमा १३५ रन पूरा गरेका हुन्।साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए।

बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  १ : २८ बजे