मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेद्वारा कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग



विराटनगर । केन्द्रीय राजनीतिमा फरक गठबन्धन निर्माण भएर सत्ता समीकरण फेरिएको असर प्रदेशमा पनि पर्न थालेको छ ।

केन्द्रमा संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा पनि आलोपालो गर्ने सहमति बनेपछि यसको असर प्रदेशसम्म आइपुगेको हो ।

यसै क्रममा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ ।

गत असोज २७ गते एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री बन्न सफल भएका थिए ।

कार्कीलाई पछि उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा मागेको हो । एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

केन्द्रमा गठबन्धन भत्किएपछि कार्की अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भण्डारीले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : २६ बजे