राष्ट्रिय सभाका अध्यक्ष दाहालले गरे शपथ ग्रहण



काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासम आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएक राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  ६ : ४१ बजे