नेपालले टस जितेर पीएनजीविरुद्ध बलिङ गर्दै



काठमाडौं । नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा टस जितेको छ।

हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेल टस जितेर बलिङ रोजेका छन्। मंगलबार पीएनजीविरुद्ध खेलेको टिमलाई नै नेपालले निरन्तरता दिएको छ ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली हङकङलाई पराजित गरि पीएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

पीएनजीले हङकङलाई १० विकेटले पराजित गरेको हो । मंगलबार भएको समूह चरणको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । घरेलु टोलीसँगको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

गत साता घरेलु भुमिमा नेदरल्यान्ड्स, नेपाल र नामिबिया रहेको त्रिदेशीय टी(ट्वान्टी आई सिरिजको फाइनल गुमाएको नेपालले यस सिरिजको उपाधी जित्ने लक्ष्यमा रहने छ ।

नेपालको प्लेईङ-११ : कुशल भुर्तेल, विनोद भन्डारी, रोहितकुमार पौडेल, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिश जिसी, करण केसी, आकाश चन्द ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  १२ : १७ बजे