काठमाडौं । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले सरकारले प्रस्तुत गरेको आगामि बजेटका सिद्धान्त र प्राथमिकता पुर्ण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पौडेलले सरकारले सदनमा प्रस्तुत गरेको आगामि बजेटका सिद्धान्त र प्राथमिकता केबल कर्मकाण्डी मात्रै भएको बताएका हुन् ।
सरकारले बजेट पुरानै ढर्राबाट बजेट ल्याउने तयारि गरेको र सबै क्षेत्रलाइ गोलमोटल सम्बोघन गर्ने तर गहिराईमा पुगेर समस्याको समाधान नखोज्ने पुरानै प्रबृत्ति दोहोरिएको पौडेलको दाबि थियो । अहिलेको चुनौतिपुर्ण अवस्थामा नयाँ र आशा जगाउने सरकारको कुनै तयारि नदेखिएको उनको भनाइ थियो
सरकारि खर्च धान्न राजस्व बढाउने बाहेकका बिषय सरकारको प्राथमिकतामा नदेखिएको भन्दै उनले रोजगारि दिने घोषणा गर्ने मात्रै होइन रोजगारि कसरि सिर्जना गर्ने, कसले कसरि रोजगारि दिने ठोस कार्यक्रम ल्याउन माग गरे ।
सरकारि काम भनेको समयमै र तोकिएको लागतमा नसकिने दिर्घरोगको समाधान नखोजि बिकाशले गति नलिने दाबि गर्दै पौडेलले ढिलासुस्ती र भ्रष्टाचार रोकने ठोष योजना सरकारसँग नदेखिएको जिकिर गरे ।
सांसद पौडेलले देशमा लगानिको वातावरण नभएको,निजि क्षेत्रको मनोबल खस्केको बेलामा पुजिगत खर्च गर्ने सरकारको क्षमतामै प्रश्न उठेको दाबि गरे । आन्तिक ऋण बढे पनि उत्पादन र रोजगारि बडाउने हिसाबले ऋण परिचालन नभएकोमा पोडेलले असुन्तुष्टी ब्यक्त गरे ।














