५ चैत, काठमाडौं । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
भैरहवा हुदै रोल्पा हिँडेका महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको हो ।
कपिलवस्तुबाट पक्राउ गरि उनलाई काठमाडौं ल्याउन लागिएको प्रहरी श्रोतले जानकारि गराएको छ छ ।
उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।उक्त तस्करीमा महरासमेत आरोपित हुन्।














