काठमाडौं– प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
आजको बैठकमा तीन मन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक पश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
यस्तै, बैठकमा सभामुख देवाज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम पनि हेरफेर गर्नेछन् ।
साथै, उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमिस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसचीमा उल्लेख छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।