सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा नौ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला तीन हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : कार्तिक १२, २०८३ बिहिबार  ११ : २२ बजे