मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी



काठमाडौ। निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

यहाँबाट निर्वाचित एमाले नेता सुवास नेम्वाङको निधन भएपछि सरकारले बैशाख १५ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य

निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो । बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ ।
कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ ।

यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्रीहरु चैत २३ गते सम्ममा जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : २२ बजे