मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनका उम्मेदवार टुंग्याउने कसरतमा कांग्रेसः बूढानीलकण्ठमा बैठक



काठमाडौं– वैशाख १५ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक आज पनि बस्दैछ छ ।

सभापति शेरबहादुर देउवा उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा छन् । मंगलबार र बुधबार संसदीय बोर्डको बैठकमा छलफल भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन ।

बिहीबार पनि विहान ९ः३० बजेपछि बूढानीलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक सुरु हुने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता डा शेखर कोइराला पक्षबीच विवाद भएको छ ।

सभापति देउवाले इलाम–२ मा जिल्ला सभापति डम्बर खड्काको नाम प्रस्ताव गरेका छन् भने बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् ।

तर कोइराला समूहले भने इलाम–२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ ।

उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीहरूसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ९ : १४ बजे