आयरल्यान्ड उल्भ्सविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल ‘ए’



काठमाडौं– काठमाडौंमा जारी एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि शुरु हुनेछ ।

यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्यान्डले नेपाललाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ ।
शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ ।

नेपाल ‘ए’सँगको खेलअघि आयरल्यान्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा उल्भ्स पराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ८ : ०२ बजे