मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युतीय चुरोट सेवनले स्वास्थ्य संकट उत्पन्न हुने चिन्ता



काठमाडौं । सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेट वा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रम विभिन्न दलका सांसदहरुले धुम्रपान सेवन गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका सांसद महेश बर्तौलाले धुम्रपान तथा सुर्तीजन्य पदार्थलाई आम्दानीको बाटो बनाउन नहुने बताए ।

विद्युतीय चुरोटको सेवन तथा ओसार प्रसार नियन्त्रण गर्न सरकारले यसलाई बहसको विषय बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन तथा ओसार प्रसारको विषय अब सामाजिक विषय बनाउनुपर्दछ । राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र छलफलको विषय बनाउनुपर्छ । सिंगो देशको साझा संकल्प भएन भने यो विषय प्रभावकारी ढंगबाट कार्यन्वयनमा जादैन ।’

सुर्तीजन्य पदार्थ सेवनको विषयमा प्रयाप्त कानून हुँदाहुँदै पनि कानूनी साक्षरताको कमिका कारण कार्यान्वयन हुन नसकेको बर्तौलाको भनाइ छ ।’

यस्तै, सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले धुम्रपान तथा विद्युतीय चुरोटको लतमा युवाहरु बढि परेको बताए ।

सहजकर्ताले तपाईको पार्टीमा पनि थुप्रै युवा नेताहरु हुनुहुन्छ कतिको धुम्रपान सेवन गर्नुहुन्छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘युवाहरुको पार्टी भएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा धुम्रपान सेवन गर्नेको संख्या बढी होला कि भन्ने आशंका हुनसक्छ । त्यो स्वाभाविक हो । तर, त्यति धेरै छैनन । किनकी हामी सबै फरक पृष्ठभूमीबाट आएका छौं । त्यो संख्या कम छ । तर, केही साथीहरु हुनुहुन्छ । तर त्यसलाई अनुशासित तरिकाले अगाडी बढ्ने प्रयास गरेका छौं ।’

धुम्रपान सेवन गरेकै कारण नेपालमा दैनिक औसतमा एक सय दुई जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको उनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : २० बजे