मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले संसद अन्त्य गरेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मिति २०८१।१।२ गते विहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन विहान ८ः०० बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ,’ कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ३ : ४१ बजे