मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बर्षमा आईसीसीसीको रक्तदान



काठमाडौं । नयाँ बर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र आईसीसीसीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाभन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैंकसँगको सहकार्यमा विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउसो १ बजेसम्म चलेको थियो ।

आईसीसीसीले शिक्षा क्षेत्रमा गरेको महत्वपूर्ण योगदानसँगै सामाजिक काममा पनि लाग्ने उदेश्य अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरेको आईसीसीसीका निर्देशक राम खड्काले बताए ।

खड्काले आईसीसीसी जिम्मेवार भएर शिक्षाको क्षेत्रमा काम गरिरहँदा अब भोलीका दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । त्यस्तै आईसीसीसीका म्यानेजर अमित श्रेष्ठले नेपाली विद्यार्थीलाई अध्ययनका लागि क्यानडा पठाउने संस्थाको रुपमा परिचित आईसीसीसीले आफूलाई समाजमा अन्तरघुलित गराउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

आईसीसीसीले सबै दाताहरूका लागि सुरक्षित र स्वच्छ वातावरण उपलब्ध गराएर उदाहारण प्रस्तुत गरेको जनाएको छ । यस नयाँ वर्षमा सबै कुरा बिर्सिएर मानवतालाई नजिक ल्याउने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको आइसीसीसीले जनाएको छ ।

आईसीसीसीले नेपालबाट अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई सहि परामर्श दिनुका साथै क्यानडामा भएका विद्यार्थीलाई सहजीकरण गरिदिने गरेको छ । आईसीसीसीमा शैक्षिक परामर्शसँगै भिसाको पूर्वतयारी कक्षा, डकुमेन्टेशन र भिसा एप्लाई लगायतका काम हुदै आएका छन् ।

साथै, आईसीसीसी नेपालकै सबैभन्दा राम्रो र भरपर्दो शैक्षिक कन्सल्टेन्सीको रुपमा स्थापित छ । आईसीसीसीले चावहिलसहित काठमाडौंको कमलादी, काठमाडौंको पुतलीसडक, पोखरा, बुटवल, चितवन, इटहरी, झापाबाट नेपाली विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ४७ बजे