मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले संसदीय दलको बैठक आज, के के छन् एजेन्डा ?



काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ ।

एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।

यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ४८ बजे