मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दल छानेर मात्र एकता गर्छौ : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गरेका छन् ।

आज बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका छन् ।

वामपन्थी एकताको बिषय आफ्नो सरोकारको भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काम आफूले बुझेको बताएका छन् । वामपन्थी एकताको महत्व बुझेरै त्यसको विस्तार र एकताबाट संसदमा दुई तिहाइको अवस्थामा दललाई पु¥याएको उनको भनाई थियो । त्यसलाई तोडेकाले वामपन्थी एकताको आन्दोलन कमजोर भएको ओलीको गुनासो थियो ।

ओलीले भने, ‘अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ । आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’

ओलीले कटाक्ष गर्दै भने, ‘वामपन्थी भन्ने, भोट चाहिं कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो हँुदैन, यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’

एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भने,‘एकता परेका बखत गर्छौं, तर छानेर ।’

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : १५ बजे