मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्द्वारा तीन जनालाई सचिव पदमा बढुवा



काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ ।बिहीबार सिंहदरबारमा बसको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त उपमहालेखा परीक्षक पदमा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो ।

उनीहरुलाई लोकसेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसका आधारमा बढुवा गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन ।

तोयम राय महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ७ : ३३ बजे