मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूएईसँग टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल,पहिलो बलमै कुशल आउट



काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १० ओमानमा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्।

जुनेद सिद्दीकीको बललाई खेल्न खोज्दा उनी सैय्यद हैदरवाद क्याच आउट भए। साउदी अरबविरुद्धको खेलमा पनि कुशलले खाता खोल्न सकेका थिएनन्।

नेपालका लागि यूएई पुरोना प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

ओमानमा जारी दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ४० बजे