मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक शुरू, ओलीले गरे उदघाटन



काठमाडौं । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक शुरू भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उदघाटन गरेका हुन् ।बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले शहिद, अग्रज तथा जनताको आदर्श विश्वास एवम भरोसालाई कहिल्यै कमजोर हुन नदिने संकल्प गरे । शहिदहरु अग्रज तथा जनताको आदर्श विश्वास र भरोसालाई अविचलित एवम अथक रुपमा पछ्याइरहने समेत संकल्प गरे ।

उनले भने,‘हामी संकल्प गर्छौं । शहिदहरु अग्रज तथा जनताको आदर्श विश्वास र भरोसालाई हामीले कहिल्यै कमजोर हुन दिने छैनौं । अविचलित र अथक रुपमा पछ्याइरहने छौं । र त्यसलाई रसफल बनाइ छाड्ने छौं ।’

उनले २०७७ साल यता नेकपा एमालेको लागि एकदमै चुनौतीपूर्ण रहेको स्मरण गरे । पार्टी विभाजन, सरकाबाट षड्यन्त्रपूर्ण घेराबन्दी, भ्रमपूर्ण प्रचारको माध्यमबाट नेकपा एमाले समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै तुलनात्मक रुपमा अनुकुल परिस्थितिमा आइपुगेको उनले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ४३ बजे