मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनशन बसेका घिमिरेको स्वास्थ्य अवस्था नाजुक बन्दै



काठमाडौं । नुवाकोटका युवा किसान श्रीराम घिमिरेले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राख्दै रत्नपार्कको शान्तीबाटिकामा आमरण अनशन बसेको आइतबार नौ दिन पुगेको छ ।

पाँच बुँदे माग राख्दै पाँचौं पटक आमरण अनशन बसेका ककनी गाउँपालिका घर भएका घिमिरेको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । घिमिरेको स्वास्थ्य अवस्था डाक्टर निकोलस भुसालले बुझिरहेका छन् ।

कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरि उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरुको पूर्ण अनुदानमा व्यवस्था गर्नुपर्ने घिमिरेको माग छ ।

त्यस्तै, परियोजनाका आधारमा ५० लाखसम्म एक प्रतिशत व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, अनुदानलाई भूमि र भाडामा यातायातको सर्वशुलभता किसान कार्डको आधारमा दिनुपर्ने र पूर्व–पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्नुपर्ने मागसहित उनी अनशन बसेका हुन् ।

कृषि सुधारको माग राख्दै घिमिरेले यही वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेको भएपनि सरकारले अहिलेसम्म कुनै सुनुवाइ नगरेको दाङका युवा किसान कुबेर गिरीले बताए ।

उनी भन्छन्, ‘आज अनसन बसेको नौं दिन भइसक्यो । यो अनसन विशुद्ध किसानका लागि हो, कुनै व्यक्ति, संघ सस्थाको लागि होइन । युवा पलायन रोक्नको लागि सरकारले उठाएका मागहरु पुरा गर्न अति आवश्यक छ । तर सरकारले हामीलाई उपेक्षा गरेको छ । यदि हाम्रा मागहरु पुरा भएनन् भने हामी आन्दोलनको अर्को चरणमा प्रवेश गर्न बाध्य हुनेछौं।’

अझै पनि सरकारले आफ्ना मागहरु सम्बोधन गरेन भने देशभरीका किसानहरुलाई बोलाएर सडक आन्दोलन चर्काउने र त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने गिरीको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : १६ बजे