मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रान्ति र परिवर्तनका पक्षधरहरु एकठाउँ हुनैपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता, सहमति र समझदारीबाट मात्रै देशमा ठूला ठूला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गरेका छन् ।

नेकपा स्थापनाको ७६ बर्ष पुगेको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले एउटा दल विशेष वा नेताको मात्रै योगदानले परिवर्तन सम्भव नभएकाले सामूहिक समझदारी र एकता आजको आवश्यक्ता भएको बताए ।

‘हामी आपसमा एकताबद्ध नहुँदा, समझदारीका साथ अगाडि बढ्न नसक्दा ३० वर्षसम्म निरङ्कुश पञ्चायती, तानाशाही शासन सहनुपर्यो । हामी सबैले यो ऐतिहासिक तथ्यलाई गहिरोसाथ आत्मसाथ गर्नपर्छ । त्यसैले सामूहिक समझदारी र एकताको बलमा नै संघीय लोकतान्त्रिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्छौं,’ उनले भने ।

प्रत्येक ठूला क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रान्ति र परिवर्तनका पक्षधरहरु अझै एकताबद्ध हुनुपर्ने बताए ।

उनले जे जति उपलब्धी हासिल भएका छन् त्यो एकताको बलमा प्राप्त भएको उल्लेख गरेका उनले भने,‘जतिबेला हाम्रो एकता टुट्छ, हामी कमजोर भएका छौ । आजको विशेष दिनमा राजनीतिक दलहरुको बीचमा सहमतिको एउटा नयाँ यात्रा सुरु गर्ने दिन बनोस । हामी एकजुट हुँदा देशमा उत्सवको अवस्था बनेको थियो तर हामी विभाजित भयौं हामीलाई तितो महशुस भयो ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०९ बजे