मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनिय’



काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियान्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन् ।

बुधबार राष्ट्रिय सभाहल काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीबी वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन् ।

उनले भनिन्, ‘पारिजात दिदि साहित्यकार त हुनुहुन्थ्यो नै । उहाँ सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो । मुलभूत रुपमा उहाँ चाँही श्रमजीबि वर्ग र उत्पीडित समूदायको पक्षमा हुनुहुन्थ्यो ।’

आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पृतिसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनिय रहेको बताइन् ।

उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ । हामीले महिलामुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पृत्तसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौं ।’

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ३ : ३४ बजे