मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीको मटिहानीमा भीषण आगलागी, ७० भन्दा बढि घर जले



काठमाडौं,१२ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको छ।

आगलागीमा सयौं घर जलिसकेको र हावा तीव्र गतिमा चलिरहेको छ । घाम पनि उत्तिकै छ । त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायत खटेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलका अनुसार अहिले आगो भने नियन्त्रणमा आएको छ ।

“फुसका घरहरू आगोले जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । केही चौपायहरू मरेको आशंका गरिएको छ । हामी उद्धारमा नै छौँ,” एसपी पोखरेलले भने ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : २२ बजे