मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगिबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्) का अध्यक्ष पुष्पकमल दाहालले संसदलाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर नँया ढंगले अघि बढ्ने बताएका छन् । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउनुपर्ने अडानसहित काँग्रेसले संसदको हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो ।

आगामी वैशाख २८ गतेबाट वर्षे शुरु हुने वर्षे अधिवेशन अघि नै काँग्रेस लगायतका प्रतिपक्ष दलहरुसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसदलाई सुचारु गराउने प्रधानमन्त्री दाहालको भनाई थियो । शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो सम्बन्धि समस्या समाधानका लागि सत्तारुढ दलहरुबीच पनि छलफल भईरहेको बताए । प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिने पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनुपनि पार्टीका सांसदलाई निर्देशन दिएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा सांसदहरुले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरी राष्ट्रिय आय वृद्धि हुनेगरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : १६ बजे