मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम र बझाङका ६९ मतदान केन्द्र संवेदनशील, सेना परिचानल गर्न राष्ट्रपतिले दिए स्वीकृति



काठमाडौं । यही बैशाख १५ गते हुने उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।

राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ । बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भइसकेको छ

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  २ : ४७ बजे