मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी संचालकहरुको सम्पत्ति विक्री गरेर बचत फिर्ता गरिने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संंचालकहरुले आफन्तको नाममा राखेको सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने भएपछि सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई धन्यावाद दिन आयोजित कार्यक्रममा उनले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, तत्काल बनाउने र सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भने,‘सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरुको नाममा राखेका छन् । आफन्तको नाममा राखेको छु भनेर जोगिन्छु भनेर सोचिरहेको होलान ।

आफन्त, गरिब थियो रातारात कसरी धनी भयो भनेर हेर्ने समय सरकारसँग छ । गृह मन्त्रालयसँग पनि छ । सम्पत्ति शुद्धिकरण विभागसँग पनि छ । तर इच्छा शक्ति हुनुप¥यो ।’

मन्त्री लामिछानेले मन्त्रालयलको प्राथमिकतामा साना बचतकर्ता रहेको उल्लेख गर्दै तत्काल कानुन बनाएर कार्यन्वयनमा लैजाने र चाँडै समस्या समाधान गर्ने बताए ।

उनले फास्ट ट्रयाकबाट सहकारीको समस्या समाधान गर्ने निर्णय नै गरिसकेको भन्दै फास्ट ट्रयाकबाट सम्पत्ति रोक्का गरी विक्री वितरण गर्ने न्यायिक अधिकार कानुनी रुपमा लिने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ०५ बजे