मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनः इलाममा खस्यो ५७ प्रतिशत मत, मतगणना आइतबार बिहानदेखि



काठमाडौं, १५ वैशाख । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले बताए ।

अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए । इलाममा एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानपश्चात् मतपेटिका संकलन कार्य थालिएको छ । मतदानस्थलबाट इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र ९सिटी हल०मा मतपेटिका ल्याइँदै छ ।

mछ(ज्ञठज्ञद्धद्दद्दज्ञण्डड।वउन
शनिबार बिहान ७ देखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो । एक लाख १५ हजार ८८९ मतदाता रहेका इलाम–२ मा ६६ हजारजनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।

मतगणना आइतबार बिहान ७ बजेदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए । मतपेटिका संकलनपश्चात् सर्वपक्षीय सहमतिपछि मतगणना सुरु गरिने बताइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : २३ बजे