मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम–२ को मतगणना ११ बजेबाट



काठमाडौं । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ ।

आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो ।

२६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (बैशाख १५) उपनिर्वाचन भएको थियो । मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजबाट सुरू हुँदै छ ।

मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : १३ बजे