मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता



काठमाडौं। इलाम २ उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

१५४१ मत फाकफोकथुम १ नम्बर मतगणना हुँदा कांग्रेसले सुरुवाती अग्रता लिएको हो । खड्काले उमेदवारले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ । उसका उमेदवार सुहाङ नेम्वाङ रहेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा केही समय अघिबाट मतगणना सुरू भएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै रास्वपाका उमेदवार मिलन लिम्बुले ११५ मत फ्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ०२ बजे