मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा कांग्रेसको अग्रता कायमै,मतान्तर घटाउँदै सुहाङ



इलाम, १६ वैशाखः इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को अहिले सम्मको मतगणना सकिएको छ ।

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गरेका छन् भने  नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले एकहजार छ सय ३० मत प्राप्त गरेका छन् ।

पछिल्लो अवस्थामा इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् । अहिले पछिल्लोपल्ट उनले कांग्रेसका डम्बर खड्कालाई पछ्याइरहेका छन् । खड्काभन्दा २८ मतले पछि रहेका नेम्वाङसँग यसअघि फराकिलो अन्तर थियो ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले चार सय ३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ८ मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।  शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए  । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ४२ बजे