मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा सुहाङले लिए अग्रता



काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ , ३ र ४ को मतगणना सकिएको छ।

तीन वडामा अग्रता लिएका कांग्रेस उमेदवार डम्बर खड्कालाइ पछिल्लो अवस्थामा एमालेका उमेदवार सुहाङ नेम्वाङले पछि पारेकाछन् ।

सुहाङले पछिल्लो अवस्थामा ३४६ मतले अग्रता लिएका छन् । वडा नम्बर ४ मा १,७१८ मत झरेको थियो । त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ । यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन् ।

अहिलेसम्म एमालेले २,५४२ , दोस्रो दल कांग्रेसले २,१९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : १० बजे