बझाङमा एमालेले लियो अग्रता



चैनपुर (बझाङ)– बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछि पार्दै एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता बनाएका हुन्।

निर्वाचन आयोगले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत पाएका छन् भने कांग्रेसका सिंहले ९ हजार ८८० मत पाएका छन्।

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ६ सय ६३ मत पाएका छन्।

नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएर चौथो स्थानमा छन्।

गणना सुरु हुँदा अग्रता बनाएका एमालेका भण्डारीले गणना अन्तिमतिर आइपुग्दा फेरि अग्रता बनाएका हुन्।

प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार  १२ : ०३ बजे