इलाममा सुहाङको अग्रता कायमै,४७ सय मतले अघि



काठमाडौँ( इलाम(२ मा एमालेले निरन्तर अग्रता बढाउँदै लगेको छ।

नेकपा एमालेका सुहाङ नेम्बाङले ४ हजार ६८३ मतले अघि लागेका हुन्।

एमालेका नेम्वाङले १३ हजार ६९ मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्का ८ हजार ३८६ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ८ हजार ९८ मत पाएका छन्।

रास्वपाका मिलन कुमार योङयाङ लिम्बूले १ शजार ७ सय १३ मत पाएका छन्।

इलाममा हालसम्म ३२ हजार १९४ सदर मत गणना भएको छ।

शनिवार सम्पन्न उपनिर्वाचनमा यहाँ ६९ हजार २८७ मत खसेको थियो।

प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार  ३ : ४८ बजे