मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा सुहाङको अग्रता कायमै,४७ सय मतले अघि



काठमाडौँ( इलाम(२ मा एमालेले निरन्तर अग्रता बढाउँदै लगेको छ।

नेकपा एमालेका सुहाङ नेम्बाङले ४ हजार ६८३ मतले अघि लागेका हुन्।

एमालेका नेम्वाङले १३ हजार ६९ मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्का ८ हजार ३८६ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ८ हजार ९८ मत पाएका छन्।

रास्वपाका मिलन कुमार योङयाङ लिम्बूले १ शजार ७ सय १३ मत पाएका छन्।

इलाममा हालसम्म ३२ हजार १९४ सदर मत गणना भएको छ।

शनिवार सम्पन्न उपनिर्वाचनमा यहाँ ६९ हजार २८७ मत खसेको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ४८ बजे