मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकलाई समृद्धिको बाटोमा लैजाने ऐतिहासिक जिम्मेवारी पाएको छु : सुहाङ नेम्वाङ



काठमाडौं । इलाम २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका एमालेका नेता सुहाङ नेम्बाङले सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने बताएका छन् ।

मंगलबार विहान शुभेच्छुक, पार्टीका प्रतिनिधि र मतदाताहरुलाई धन्यावाद ज्ञापन गर्दै उनले भनेका छन्,‘हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ ।

हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो ।

इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।’

उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका नेताहरुको भावनालाई शिरमा राख्ने उनले संकल्प गरेका छन् ।

नेम्वाङ कांग्रेसका डम्वरबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन ।

यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन । उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
(विजयी नेम्वाङले सामाजिक संजालमा व्यक्त गरेको विचार)

हार्दिक आभार तथा धन्यवाद ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ४७ बजे